एमालेले कसैसँग गठबन्धन नगर्ने ओलीको दाबी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेले कसैसँग गठबन्धन नगर्ने ओलीको दाबी 


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्।

नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका हुन।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने बताए।

आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन पनि दिए। उनले अबको निर्वाचन सामान्य नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भएको उल्लेख गरे। आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत उनले गरे।

Tags :
प्रतिक्रिया दिनुहोस