राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुत्तराज नियुक्त  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुत्तराज नियुक्त 


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । गुप्तचरी संस्था राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक(प्रमुख)मा हुत्तराज थापा नियुक्त भएका छन् । 

विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाश सँगै सरकारले सोमबार(आज) थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । थापाले तीन वर्षे पुरै कार्यकाल जागिर खान पाउने छन् । राज्य व्यवस्था समितिमा छलफलमा रहेको ऐनमा राखिएको चार वर्षे व्यवस्था पास भएको अवस्थामा थप एक वर्षसमेत उनी खान पाउनेछन् । 

अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्की नियुक्त भएको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस