जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौँ : ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौँ : ओली


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् ।

जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौ ।’

विदेशी महिलालाई बिहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने सङ्केत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्ध नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरूलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस