शरद ऋतुमा ८ वटा हिमाल चढ्न लिए ४२९ जनाले अनुमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शरद ऋतुमा ८ वटा हिमाल चढ्न लिए ४२९ जनाले अनुमति


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । शरद ऋतुमा विभिन्न ८ वटा हिमाल चढ्न ४४ समूहका ४२९ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सोमबारसम्म १०४ जना महिलासहित ४२९ जनाले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् ।

यो सिजनका लागि सबैभन्दा धेरै माउण्ट मनास्लु (८१६३ मि) का लागि ३५ समूहका ३८३ जनाले अनुमति लिएका छन् । जसमा महिला मात्र ९१ जनाको अनुमति जारी भएको छ । सगरमाथाका लागि एक समूहका ४ जनाले मात्र अनुमति लिएका छन् । बढी हिउँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा आरोहणका लागि भने उपयुक्त सिजन मानिँदैन ।

यो सिजन कुल ५९ वटा मुलुकका नागरिकले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ४८ जनाले अनुमति लिइसकेका छन् । भारतबाट २९, इरानबाट २५, फ्रान्सबाट २३, स्पेनबाट २० जनाले अनुमति लिएको विभागले जनाएको छ । यी आरोहण अनुमतिबाट यो सिजनमा मात्र नेपालले ५ करोड ३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस