बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

बैठकले अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेट गएको असार २४ गते सर्भर डाउन भएर भुक्तानी रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया मिलाउने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने र हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रूपमा स्थापना गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस