अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ । 

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस