पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘बाढीबाट प्रभावितहरूको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस