२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौँमा

अ+ अ-

काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्शु त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनी सोमबार दिउँसो ३ बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।

लीको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान-प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सको भ्रमणका दौरान सोमबार बेलुकी नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरूको भ्रमण आदान-प्रदानको लागि सम्झौता हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय पोलिटब्युरो स्थायी कमिटीस्तरका नेताबाट भएको यो पहिलो विदेश भ्रमण हो । यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउँदो सेप्टेम्बर १४-१६ मा मध्य एसियाली मुलुकको भ्रमणमा निस्कने भएका छन् ।

सम्बन्धित समाचार : आज चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेपाल आउँदै