२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै जनकपुरमा ११ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जनालाई पक्राउ गरेको छ।

जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको आरोप उनीहरूमाथि छ।

कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले कालो झन्डा लिएर बाटोमा बसेका युवाहरूलाई पक्राउ गरिएको बताए।

प्रहरी स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ।

तर एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरूले कालो झन्डा देखाउन खोजेका थिए।

ओलीले आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभामा बोल्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस