भुवन केसीको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भुवन केसीको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमबार पनि सुनुवाइ हुने देखिएको छैन ।

सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । सोमबार यो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति बेलुकासम्म आउने बताए ।

नरेशकुमार पौड्याल पाँच जना अध्यक्षका दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरूले प्रश्न उठाएका छन् ।

अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि केसीको मुद्दाको पेशी सर्दै आएको छ ।

भुवनलाई बोर्ड अध्यक्षको रूपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरूको जिकिर छ । अध्यक्ष बन्न स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस