प्रत्येक वर्ष योगदानकर्ताका ८४ सन्ततिलाई छात्रवृत्ति : सामाजिक सुरक्षा कोष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रत्येक वर्ष योगदानकर्ताका ८४ सन्ततिलाई छात्रवृत्ति : सामाजिक सुरक्षा कोष


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । सामाजिक सुरक्षा कोषले प्रत्येक वर्ष योगदानकर्ताका ८४ जना सन्ततिलाई छात्रवृत्ति दिने गृहकार्य गरेको छ । प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुषले तोकिएका ६ विषय अध्ययन गर्दा छात्रवृत्ति पाउने व्यवस्था गर्न लागिएको हो ।

कोषले नयाँ कार्यविधि नै बताएर योगदानकर्ताका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको हो । कोषले ‘योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९’ तयार पारेको छ । नयाँ कार्यविधिमा प्रत्येक प्रदेशबाट ६ जना महिला र ६ जना पुरुष पर्नेगरी १२ जनालाई छात्रवृत्ति दिने व्यवस्था राखिएको छ । यसरी छात्रवृत्ति दिँदा आम्दानी कम हुने योगदानकर्ताको सन्ततिलाई प्राथमिकता दिने गरी व्यवस्था गरिएको कोषले जनाएको छ ।

कार्यविधिमा विभिन्न ६ विषय अध्ययनको लागि मात्रै छात्रवृत्ति पाउने उल्लेख गरिएको छ । कोषले योगदानकर्ताका सन्ततिलाई चिकित्सा शास्त्र, इन्जिनियरिङ, नर्सिङ, वनविज्ञान, कृषि र होटल म्यानेजमेन्ट अध्ययन गर्नका लागि छात्रावृत्ति दिन लागेको हो । कोषले छात्रवृत्ति वापत ५ लाख रुपैयाँ प्रदान गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस