साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दै छ ।

प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हाँसिल गरेको थियो ।

दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलङ्का समूह ‘ए’को उपविजेता टोली हो । श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग ५–१ ले पराजित भएको थियो ।

श्रीलङ्काले दोस्रो खेलमा मालदिभ्सलाई १–० ले पराजित गरेको थियो । त्यसपछि मालदिभ्स उपविजेता बनेको हो ।

नेपालले आज श्रीलङ्कास्थित कोलम्बोको रेस कोर्स मैदानमा श्रीलंकाविरुद्ध राति ८ः१५ बजे खेल्नेछ । त्यसअघि समूह ‘बी’को उपविजेता भारतले समूह ‘ए’को विजेता बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस