श्रीलङ्काले जित्यो टी-२० एसिया कपको उपाधि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काले जित्यो टी-२० एसिया कपको उपाधि


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । टी-२० एसिया कप २०२२ को उपाधि श्रीलङ्काले जितेको छ । बलरहरू चम्किँदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले उपाधि हात पारेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलङ्काले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए ।

इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

श्रीलङ्काका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

श्रीलङ्काका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए । श्रीलंकाको यो छैटौँ एसिया कप उपाधि हो । श्रीलङ्काले सन् २०१४ पछि उपाधि जितेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस