राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेका हुन् ।

बैठकमा महामन्त्री धवलशमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्तीकुमारी शाहीलगायतले पदाधिकारीले चुनाव लड्नुपर्ने धारणा राखेका एक नेताले बताए । उनीहरूले तालमेल भए पनि नभए पनि पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा उम्मेदवार छनोटको मापदण्ड, चुनावमा हुने तालमेलका विषयमा पनि छलफल भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँग तालमेलका विषयमा कुराकानी भइरहेको तर टुंगोमा नपुगेको जानकारी गराएका थिए ।

उम्मेदवार छनोटका क्रममा एक पटक अवसर पाइसकेकालाई दोहोर्‍याउन नहुने, जनाधार भएकाहरूलाई अवसर दिनुपर्ने, संसदमा आवश्यक पर्ने नेताहरु छनोट गर्नुपर्ने पनि नेताहरुले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस