२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष र व्यवस्थापकलाई देखाएर सहकारीका सञ्चालकहरू जिम्मेवारीबाट पन्छिन मिल्दैन : विभाग

अ+ अ-

काठमाडौँ । सहकारी विभागले सहकारी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराएको छ ।

आइतबार विभागले सहकारी संस्थाहरूको नाममा एक निर्देशन जारी गर्दै सञ्चालक र सुपरिवेक्षण समिति अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै सचेत गराएको हो ।

‘सहकारी संघसंस्था सदस्यहरूको लोकतान्त्रिक प्रणालीबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति छनोट भई नियमित र निरन्तर रूपमा सञ्चालन हुने संस्था हो,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ, ‘संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदीय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, सञ्चालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ भने केहीले जिम्मेवारीबाट अलग गराइ पाउँ भनी विभागमा आउने गरेको पाइन्छ।’

सहकारी सङ्घसंस्थाहरू सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएको रहेको भन्दै सञ्चालकहरूले अध्यक्ष र व्यवस्थापकलाई जिम्मेवारी पन्छाएर उम्किन खोज्नु गलत भएको बताएको छ ।

‘प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भएकोले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रहनुपर्छ’ निर्देशनमना भनिएको छ । संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबद्धताका साथ कार्यसम्पादन गराउन विभागले निर्देशन दिएको छ ।

निर्देशन !

प्रतिक्रिया दिनुहोस