ललितपुर महानगरद्वारा लगनखेलस्थित मञ्जुश्री पेट्रो सेन्टर सिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगरद्वारा लगनखेलस्थित मञ्जुश्री पेट्रो सेन्टर सिल


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लगनखेलस्थित पेट्रो सेन्टर सिल गरेका छन् । अवैध रूपमा सञ्चालनमा रहेको भन्दै उक्त पम्पलाई महानगरले सिल गरेको हो ।

महानगरको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा बनाइएको पेट्रो सेन्टर सिलबन्दी गरिएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

महानगरले पटक-पटक पत्राचार गर्दा पनि सेन्टरले अटेर गरेकाले मेयर आफै आएर सिल गर्न बाध्य भएको हाछेथुले बताए । महानगरका अनुसार आजदेखि पेट्रो सेन्टरले कुनै पनि गतिविधि गर्न पाउनेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस