मेरो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्छु : प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेरो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्छु : प्रचण्ड


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए।

उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगको विकास गर्नुपर्ने बताए। उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए।

अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।

उहाँले युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए। अध्यक्ष दाहालले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे।

उनले लक्ष्यप्राप्तीका लागि दृढ हुनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस