सामाजिक सञ्जालका चर्चा सतही हुने गरेका छन् : प्रकाश सपूत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक सञ्जालका चर्चा सतही हुने गरेका छन् : प्रकाश सपूत


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । गायक प्रकाश सपूत सामाजिक सञ्जालमा उठ्ने विषय सतही भएको बताउँछन् । आफ्ना पछिल्लो गीत ‘पीर’को प्रसङ्ग उठाउँदै आफूले उक्त गीतका लागि सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले एक हप्ता फोन अफ गरेर बसेको बताए ।

‘मैले तीन दशक पार गरेँ। यो तीन दशकमा नेपाली समाजले राजनैतिक, सामाजिक र प्राविधिक रूपमा फड्को मार्‍यो । मैले पञ्चायतले छलफल गरेको देखेको छु । बिचमा कमरेडले देश परिवर्तनका कुरा गरेको खासकखुसुक छलफल गरेको देखेको छु । त्यसपछि निर्वाचनमा आफ्नो विचार पर्बाह गरेको पनि देखेको छ ।’

यसको मतलब मैले संवादका विभिन्न शैलीहरूको साक्षी भएको छु,कान्तिपुर कन्क्लेभको ‘सार्वजनिक संवादको शैली’ शीर्षक सत्रमा सपूतले भने, ‘पीरको समयमा गीतको प्रशंसा गर्दा खुसी हुन्थेँ । गाली गर्दा दुस्खी हुन्थेँ । एक हप्तासम्म मोबाइल बन्द गरेँ, भाइहरूको ल्यापटपबाट सामाजिक सञ्जाल हेरिराखेँ । पहिलो कुरा त म आफ्नो सिर्जनाको सामाजिक सञ्जालकाका प्रतिक्रियाका लागि तयार नै रहेन छु । सायद हामी कसैले पनि यसबारेमा सोचेका छैनौँ ।’

सामाजिक सञ्जालका छलफलले गम्भीर विषयलाई छायाँमा पारिदिएको समेत उनले बताए । उनी भन्छन्, ‘सामाजिक सञ्जालको अहिलेको संवाद यस्तो सस्तो छ, सतही छ कि त्यसले विषयको गम्भीरतामा प्रवेश गर्न दिँदैन । पीरको विषय संसद्मा उठ्यो, गीतले ठुलो प्रभाव पर्ने भयो भन्ने सोचेको थिएँ । अहिले आफ्नै गीत हेर्छु निराश हुन्छु । युद्धका पीडितहरू सय जनाले पनि दसैँ खर्च पाएको भए मेरो गीतले सार्थकता पायो है भन्ने हुन्थ्यो । भन्नाले हामी यस्तो विषयमा बहस गर्न थालेका छौँ ।’

गायक सपूत सामाजिक सञ्जालले मानवीय संवेदनलाई कोट्याइदिएको पनि बताउँछन् । ‘सामाजिक सञ्जालले हाम्रो संवेदनालाई एकदमै छोटो बनाइदिएको छ । बिहानै फेसबुक चलाउँदा एक जनाको जन्मदिन पर्दा हामी जन्मदिनको शुभकामना दिन्छौँ । लगतै कसैको आफन्त बितेको छ भने हार्दिक श्रद्धाञ्जली पनि लेखिदिन्छौँ,’ उनले भने, ‘कसैले नयाँ जागिर पाएको छ भने शुभकामना लेखिदिन्छौँ । हाम्रो संवेदना त्यति चाँडै परिवर्तन भइरहेको छ । कुनै विषयमा गम्भीर विचार आउनलाई त त्यो विषयमा गहिरो संवेदना हुनुपर्‍यो नि त ।’

Tags :
प्रतिक्रिया दिनुहोस