कुमारी बैङ्कको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कुमारी बैङ्कको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । कुमारी बैङ्कका संस्थापक सेयर धनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

बैङ्कका संस्थापक सेयर धनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैङ्कका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् ।

खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आइतबारबाट ३५ दिनभित्र बैङ्कको सेयर रजिस्ट्रार, कुमारी क्यापिटल वा बैङ्कको प्रधान कार्यालय टंगाल, काठमाडौँमा निवेदन पेस गर्नुपर्नेछ ।

उक्त समयभित्र संस्थापक सेयर धनीबाट सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस