१ हप्तादेखि रुकुम पूर्वका एक किशोर बेपत्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

१ हप्तादेखि रुकुम पूर्वका एक किशोर बेपत्ता


२६ भाद्र २०७९, आइतबार


बालक बेपत्ता

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् ।

वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।

मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताए ।

परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनिती गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोरका बुवाले बताए । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ ।

ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोज्दिन आग्रह गरेका छन् । परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको मोबाइल नं ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस