काठमाडौँ । राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका लागि सरेको छ।
आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए।
बैठक बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ।