मोरङमा फुटबल हेर्न भनेर निस्किएका ३ बालिका बेपत्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मोरङमा फुटबल हेर्न भनेर निस्किएका ३ बालिका बेपत्ता


२६ भाद्र २०७९, आइतबार


विराटनगर । मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् ।

घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीले जनाएको छ । लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको छैन ।

गाउँमा खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको छैन् । तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ । अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।

तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् ।

बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस