एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।

पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।

पछिल्ला पाँच टी-२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्। पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस