सत्ता गठबन्धनको बैठक बस्दै,अझै लागेन सिट बाँडफाँडको टुङ्गो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनको बैठक बस्दै,अझै लागेन सिट बाँडफाँडको टुङ्गो


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रूप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । चाँडै नै टुङ्गो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’

एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । दलहरूको आ–आफ्नै अडानले गठबन्धनको पटक पटक बसेको बैठकमा सहमति जुट्न सकिरहेको छैन

Tags :
प्रतिक्रिया दिनुहोस