थप १६३ जनामा कोरोना संक्रमण, १३० जना कोरोना मुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप १६३ जनामा कोरोना संक्रमण, १३० जना कोरोना मुक्त


२५ भाद्र २०७९, शनिबार


काठमार्डौँ । थप १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३७४६ नमूना परीक्षण गर्दा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७१८ र एन्टिजेनबाट २०२८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११२ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३० जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २४३० पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस