न्यूजिल्याण्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा पल्टिँदा २ जनाको मृत्यु, ३ जना वेपत्ता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

न्यूजिल्याण्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा पल्टिँदा २ जनाको मृत्यु, ३ जना वेपत्ता


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य ६ जनाको भने उद्धार गरिएको छ ।

उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्।

काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस