प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित


२५ भाद्र २०७९, शनिबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । ुमिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएकोु भन्ने सूचनामा उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस