‘सिट बाँडफाँटमा जटिल समस्या छैन, सिट बाँडफाँट आजै टुंग्याउँछौं’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सिट बाँडफाँटमा जटिल समस्या छैन, सिट बाँडफाँट आजै टुंग्याउँछौं’


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन् । अध्यक्ष दाहालले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् ।

त्यसका लागि आज अपराह्न ३ बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस