२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

अ+ अ-

महोत्तरी । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ ।

गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जङ्गली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन् ।

तीनवटा जङ्गली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् । आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हात्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास८ हात्तीलेटको फालाइन नजिक बस्तीका जीतबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमन स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासँग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हात्तीको समूहले गौशाला-१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ ।

पछिल्ला पाँच/छ वर्षयता बर्सेनि असोज-कात्तिकमा जङ्गली हात्तीको आतङ्क चुरे काछका बासिन्दाले खेप्दै आएका छन् । यसपालि भने भदौ तेस्रो सातामै जङ्गली हात्तीको जगजगी बढेको काछबासीको भनाइ छ । पछिल्ला पाँच वर्षयता बस्ती पस्ने हात्तीको सङ्ख्या तीनवटा नै हुने गरेका हुँदा उनै हात्ती बर्सेनि आएका हुनसक्ने पीडितको अनुमान छ ।

एक साता पहिले चुरेपारिका सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगर क्षेत्रका बस्तीमा पनि तीन सङ्ख्याकै हात्तीले बस्ती पसेर उत्पात मच्चाएका थिए । अहिले तीनै हात्ती चुरे कटेर यता झरेका बर्दिबास-३ कालापानीका नरबहादुर पुलामी बताउछन् । । हात्तीले सधैँजसो मध्यरातपछि बस्ती पसेर उधुम मच्चाउने गरेका छन् ।

जङ्गली हात्तीको निशानामा पातलो बस्ती भएका ठाउँका काठेघर पर्ने गरेका छन् । घर भत्काउनेबाहेक हात्तीले भखारी फोर्ने र अन्न छरीदिने अनि केराका थाम उखेल्ने गरेको बर्दिबास-३ कालापानीका रामबहादुर थापा बताउछन् । हात्तीले धानबाली फाँडेर पनि नोक्सान गर्ने गरेका छन् । रातको समयमा मान्छेलाई नै आक्रमण गर्ने हुँदा चुरे काछका बासिन्दा अहिले हात्ती आतङ्कले त्रसित छन् ।

अहिले इलाका प्रहरी कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरले आपसी समन्वयमा हात्तीको गस्ती गरिरहिएको जनाएका छन् । इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले वनक्षेत्रसँग जोडिएका हात्तीको सघन आवागमन हुँदै आएका बस्तीमा दुर्वतर्फबाट प्रहरी गस्ती बढाइएको बताए । बस्ती पसेका हात्तीलाई राती राँको बालेर सामूहिक होहल्ला गरेपछि भने वन पस्ने गरेका प्रहरीको विगत अनुभव छ ।

प्रतिक्रिया दिनुहोस