सन्दीपले कानुनी उपचारमा सहयोग गर्न क्यानलाई गुहारे « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सन्दीपले कानुनी उपचारमा सहयोग गर्न क्यानलाई गुहारे


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् ।

लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।

सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीबिच छलफल भएको थियो ।

प्रहरीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।

यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस