स्कूलबाट फर्किँदै गरेका तीन बालिका बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्कूलबाट फर्किँदै गरेका तीन बालिका बेपत्ता


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । भारतीय बच्चा चोर छिरेको भनेर मधेसका जिल्लाहरूमा हल्ला चलिरहेका बेला महोत्तरीको पिपरा गाउँपालिकाबाट १० वर्ष मुनीका तीन स्कुले बालिका बेपत्ता भएकी छन् ।

पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना र वडा नम्बर ७ का दीपेन्द्र झाँका ७ वर्षीया छोरी प्रज्ञा र १० वर्षीया छोरी प्रियांशी बेपत्ता भएकी छन् । आज बिहान पढ्न स्कुल गएकी उनीहरू घर फर्केकी छैनन् ।

बेपत्ता बालिकाहरूलाई खोज्न स्थानीय निस्केका छन् । बालिका बेपत्ता भएकोबारे स्थानीयले प्रहरीलाई पनि खबर गरेको छ । तर आसपास गाउँमा कतै फेला नपरेको बुझिएको छ ।

बेपत्ता तीनै बालिका देवसिद्धी इङ्लिस बोर्डिङ स्कुलमा पढ्छिन् ।

प्रहरी चौकी पिपराका इन्चार्ज सन्तोष झाले बेपत्ता बालिकाको खोजी गर्ने क्रममा ‘उनीहरू करिब १२ बजेतीर जनकपुर–जलेश्वर सडक खण्डको चाँदी चोकमा देखा परेको थियो’ भन्ने कुरा खुलेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस