दशैंका लागि असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दशैंका लागि असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ ।

आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ ।

दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने, कोभिड-१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने । यसका लागि यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस