लोसपा अध्यक्ष महन्त ठाकुर सप्तरी-२ बाट पनि सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोसपा अध्यक्ष महन्त ठाकुर सप्तरी-२ बाट पनि सिफारिस


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

ठाकुर बारा क्षेत्र नम्बर ४ बाट पनि सिफारिस भएका छन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ।

प्रदेशसभाका सदस्यका लागी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र मालती सदाको नाम सिफारिस गरिएको छ।

यस्तै, प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस