च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सानदार जित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सानदार जित


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार सुरुवात गरेको छ।

समूह चरणअन्तर्गत गए राति भएको पहिलो खेलमा सेभियालाई ४-० गोल अन्तरले हराएको हो।

सिटीको जितमा एर्लिङ हालान्डले दुई, फिल फोडेन र रुबेन डियासले एक(एक गोल गरे।

खेलको २० औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थि ए। ५८ औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। ६७ औँ मिनेटमा हालान्डले व्यक्तिगत रूपमा दोस्रो गोल गर्दै सिटीलाई ३-० ले अगाडि बढाए। रुबेन डायसले दोस्रो हाफको इन्ज्युरी टाइममा गोल गर्दै सिटीलाई सानदार जित दिलाए।

हालान्ड च्याम्पियन्स लिगको २० खेलमा २५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। खेलमा जित निकालेसँगै समूह जी मा रहेको सिटीले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा छ।

यसैगरी, समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले पराजित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस