उच्च अदालतका २७ न्यायाधीशका लागि सर्ट लिष्टमा ८१ जना  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उच्च अदालतका २७ न्यायाधीशका लागि सर्ट लिष्टमा ८१ जना 


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । मंगलबार (आज) बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि ८१ जनाको सूची सार्वजनिक गरेको छ । 

न्याय परिषद्का अनुसार २७ जना न्यायाधीशका लागि आवश्यक भन्दा तीन गुणा अर्थात् ८१ जनाको नाम स्वीकृत भएको हो । मंगलबारको परिषद् बैठकले सर्ट लिष्टमा रहने ८१ जनाको नाम स्वीकृत गरे पनि नाम भने सार्वजनिक गरेका छैनन् ।

त्यसै गरी मंगलबारकै बैठकले उच्च अदालतका मुख्य न्यायाधीशका लागि ५ जनाको नामसमेत सिफारिस गरेको छ । लामो समयदेखि ४ वटा उच्च अदालत कामु मुख्य न्यायाधीशका भरमा चलिरहेको थियो ।

सम्बन्धित समाचार : सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस