३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले गर्‍यो ४ भारतीय विश्वविद्यालयको समकक्षता स्थगन

अ+ अ-

काठमाडौँ । नेपाली विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिँदै आएका चार भारतीय विश्वविद्यालयको समकक्षता त्रिभुवन विश्वविद्यालयले स्थगन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रको बोर्ड बैठकको निर्णयले भदौ १४ गतेदेखि कार्यान्वयन हुने गरी भारत राज स्थानमा रहेको सिंघानिया विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय, झार खण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पन्जाबको समकक्षता स्थगन गरेको केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले बताए ।

बाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ । साथै नेपालमै बसेर पनि थप शिक्षा हासिल गर्न त्रिविको समकक्षताको अनिवार्यता पर्छ ।

कार्यकारी निर्देशक यादवका अनुसार यी विश्वविद्यालयबाट विद्यार्थीले बिईजस्ता व्यावहारिक रूपमै ज्ञान हासिल गर्नुपर्ने इन्जिनियरिङ विषयहरूको डिग्री अनलाइन कोर्स पूरा गरेका आधारमा प्राप्त गरेका रहेछन् । पाठ्यक्रम विकास केन्द्र बोर्डमा समकक्षताका लागि विद्यार्थीले पेस गरेको शैक्षिक प्रमाणपत्रबाटै विश्वविद्यालयहरूको विभिन्न गल्ती फेला परेको उनले जनाए ।

कार्यकारी निर्देशक यादवका अनुसार ‘विद्यार्थीले विश्वविद्यालय नटेके पनि प्रमाणपत्र पाएका रहेछन् । सरकारी कार्यालयमा कार्यरत इन्जिनियर कर्मचारी नेपालको आफ्नो कार्यालयमा शतप्रतिशत हाजिर गरेको छ । तर उसले यही अवधिमा भारतको सिंघानिया विश्वविद्यालयबाट बिईको पढाइ पूरा गरेको शैक्षिक प्रमाणपत्र बोर्डलाई प्राप्त भएको छ ।’ अझ लभली प्रोफेसनल विश्वविद्यालयको हकमा विद्यार्थीले बोर्डलाई नेपालस्थित कन्सल्टेन्सीलाई भर्ना शुल्क तिरेको रसिद बुझाएर समकक्षताका लागि निवेदन दिएको यादवले बताए ।

मेवार र साइनाथ विश्वविद्यालयले इन्जिनियरिङजस्ता प्राविधिक विषयका कोर्षहरू अनलाइन पूरा गरेको भन्दै विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहको डिग्री उपलब्ध गराएका रहेछन्,’ उनले भने ‘ पूर्ण प्राक्टिकलबाटै अध्ययन अध्यापन पूरा हुनुपर्ने विषयहरू अनलाइनबाट घर बसीबसी प्राप्त गरेको शैक्षिक प्रमाणपत्र कसरी योग्य हुन सक्छ रु’ यी विषयहरू विद्यार्थीले समकक्षताका लागि बुझाएको प्रमाणित कागजातबाटै खुलेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस