आज देशका केही स्थानमा वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशका केही स्थानमा वर्षाको सम्भावना


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर तर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ।

प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मङ्गलवार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक(दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस