सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?  


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । 

सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने काँग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । 

१६५ सिटमध्ये काँग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादीले ३२ सिट दाबी गरेका थिए भने राष्ट्रिय जनमोर्चाले २ सिट मागेको थियो ।

तर यो दाबीमा कार्यदल सदस्यहरू टसको मस नभएपछि कुरा नमिलेको हो । मंसिरमा हुने हुने निर्वाचनका लागि गत साउन २० गते पाँच दलीय गठबन्धनले काँग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस