धनुषा-३ बाट राजेन्द्र महतो सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनुषा-३ बाट राजेन्द्र महतो सिफारिस


२० भाद्र २०७९, सोमबार


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको नाम धनुषा क्षेत्र नम्बर-३ बाट उम्मेदवारको रुपमा सिफारिस भएको छ ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस