धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती सिफारिस


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । अगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा क्षेत्र नं. ३ र ४ बाट रघुवीर महासेठ दम्पती सिफारिस भएका छन्।

एमालेको क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

२०७४ सालको निर्वाचनमा मधेस प्रदेश एमालेका इन्चार्ज समेत रहेका महासेठ क्षेत्र नम्बर ४ बाटै निर्वाचित सांसद हुन् भने महतो समानुपातिकमा निर्वाचित भएकी थिइन्।

क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री महेन्द्र यादव र जिल्ला सभापति योगेन्द्र पंजियार सिफारिस भएका छन्।

अघिल्लो निर्वाचनमा महासेठबाट काँग्रेस नेता यादव पराजित भएका थिए। काँग्रेसले क्षेत्र नम्बर ३ बाट परमेश्वर महासेठ र गणेश तिवारीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ।

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राजेन्द्र महतोले काँग्रेसका विमलेन्द्र निधिलाई पराजित गरी विजयी भएका थिए। निधि भने यसपालि समानुपातिकमा सिफारिस भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस