२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पसका प्रमुखदेखि कर्मचारी महिनौँ गैर हाजिर, तलब-भत्ता असुल गर्न राष्ट्रिय सतर्कताको निर्देशन

अ+ अ-

काठमाडौँ । ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ ।

बिदा स्वीकृत गराएर मात्र गैर हाजिर हुनुपर्ने प्रावधान विपरीत उनीहरू महिनौँसम्म अनुपस्थित भएर त्यस समयबापतको समेत तलब–भत्ता बुझ्ने गरेको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट एक सय ८५ शिक्षक–कर्मचारी बिदा स्वीकृत नगराई अनुपस्थित रहेको र गैर कानुनी रूपमा तलब लिएको खुलेको हो । केन्द्रका एसपी गणेशकुमार श्रेष्ठ र डिएसपी कृष्णप्रसाद अधिकारी सम्मिलित छानबिन समितिको प्रतिवेदनअनुसार ०७८ मा १ मंसिरदेखि १० पुससम्मको विद्युतीय हाजिर हेर्दा १२ जना कर्मचारी त ३१ दिन अनुपस्थित छन् । बाँकी कर्मचारी पनि २९, २७, २६, २५, २३, २१, १८, १६ दिनसम्म अनुपस्थित रहेको पाइएको हो ।

‘विद्युतीय हाजिरबाहेक हामीले थप चार दिन (१४ वैशाख, २५ जेठ, २ असार र ८ असार)को हाजिर पनि हेर्‍यौँ,’ डिएसपी अधिकारीले भने, ‘तर, सुधार देखिएन । बिदा नै स्वीकृत नगराई अनुपस्थित हुने, कार्यालय आउनुपरे दिउँसो वा साँझ मात्र आउने गरेको पाइयो ।’

क्याम्पसका १२ जना कर्मचारी ४० दिनमा ३१ दिन अनुपस्थित छन् । यसरी ३१ दिन अनुपस्थित हुनेमा जकनरत्न मल्ल, मञ्जुश्री बज्राचार्य, अनिल पाण्डे, मुनाल सुवेदी, पीताम्बर श्रेष्ठ, विजयकुमार झा, वीरेन्द्रप्रसाद यादव, नरेन्द्रकुमार सिंह, राजेश्वरी श्रेष्ठ, मनोजकुमार प्रसाद, अरुणकुमार शर्मासहित छन् । यीमध्ये धेरैजसो कर्मचारी थप चार दिनको छड्केमा पनि अनुपस्थित रहेको पाइएको सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ । देवीप्रसाद भट्टराई ३० दिन अनुपस्थित देखिन्छन् ।

क्याम्पस प्रमुख लोकबहादुर बराल एक महिनामा पाँच दिन अनुपस्थित छन् । उनी छड्के हाजिर जाँच हुँदा पनि चार दिनमा एक दिन अनुपस्थित छन् । सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महत दुई दिन अनुपस्थित देखिन्छन् । प्रशासन प्रमुख सुरेन्द्रलाल तण्डुकार एक महिनामा २७ दिन अनुपस्थित छन् भने सिएसआइटी विभागका प्रमुख हिक्मत रोकाया १५ दिन गैर हाजिर छन् ।

प्रतिक्रिया दिनुहोस