२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा काँग्रेसबाट निर्वाचनका लागि ५३ जनाको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।

त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।

प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ ।

समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कांग्रस जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस