श्रीलङ्काद्धारा अफगानिस्तान पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रीलङ्काद्धारा अफगानिस्तान पराजित


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई पराजित गरेको छ।

यूए२को सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ४ विकेटले हराएको हो।

अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। उसका कुशल मेन्डिसले ३६ तथा पाथुम निशंकाले ३५ रन बनाए। दनुश्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए। अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान २-२ तथा मोहम्मद नाबी र रसिद खानले समान १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो। अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले। इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए। श्रीलङ्काका लागि दिल्शन मधुशनकाले २ तथा असिना फर्नान्डो,महेश थिक्सनाले समान १/१ विकेट लिए।

यस जितसॅंगै श्रीलङ्का शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा आज भारत र पाकिस्तानबिच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस