विप्लव समूह परित्याग गरी कांग्रेस प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लव समूह परित्याग गरी कांग्रेस प्रवेश


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस