इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल


१८ भाद्र २०७९, शनिबार


मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए । विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने अध्यक्ष नेपालको धारणा थियो ।

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए । ‘सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ’, उनले भने अध्यक्ष नेपालले विगतमा नेकपा (एमाले) ले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस