नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । दोस्रो एकदिवसीयमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए ।

आजको खेल जितेमा नेपालले एक खेल बाँकी छँदै तीन खेलको श्रृखंला २-० ले आफ्नो पक्षमा पार्नेछ। शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई ७ विकेटले पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस