चुनावमा हारिएलाकी भन्ने डर मलाई सधैँ हुन्छ : महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

चुनावमा हारिएलाकी भन्ने डर मलाई सधैँ हुन्छ : महामन्त्री थापा


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् । चुनावमा जितरहार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनभूति सुनाए ।

काठमाडौँको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले विद्यार्थीलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे ।

‘एउटा चुनाव जित्यो । त्यसपछि खुसी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर । जिन्दगी नै यसरी नै जाने हो,’ उनले भने, ‘तर बालबालिकाहरुलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर, कर्म भने गर्दै जानुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस