१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा अर्थसचिव पुष्करसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाल-भारत उद्योग वाणिज्य सङ्घको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । 

भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको उल्लेख गर्दै  नेपालको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न सङ्घले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको बताइन् । 

अध्यक्ष राणाले भारतीय पर्यटन प्रवर्द्धन गर्न सङ्घले नेपाल-भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन भारतीय दूतावास मार्फत पहल गर्दै गरेको पनि बताइन् । सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धी  कफीटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा भइरहेको राणाले बताइन् । 

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागि सङ्घले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि पनि अध्यक्ष राणाले अनुरोध गरिन् । 

जवाफमा सचिव पुष्करले सङ्घले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको भन्दै प्रशंसा गरे । त्यस्तै पुष्करले अहिले भारत सरकारले नेपालप्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपमा नै हेर्ने गरेको बताए । सो क्रममा संघका उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल,  महानिर्देशक केशव मान सिंह तथा उपनिर्देशक मार्शल राठौरलगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस