नवीन्द्रपत्नी सपना काठमाडौँ-८ बाट प्रतिनिधिसभामा सिफारिस  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवीन्द्रपत्नी सपना काठमाडौँ-८ बाट प्रतिनिधिसभामा सिफारिस 


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका दिवङ्गत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले नवीन्द्रकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने इच्छा प्रकट गरेकी छन् । 

उनले काठमाडौं क्षेत्र नम्बर-८ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आवेदन दिएपश्चात् क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको छ ।  

जोशी हाल पार्टी राजनीतिमा सक्रिय छिन् । उनी २०७८ मंसिरमा सम्पन्न भएको पार्टीको १४ औँ महाधिवेशनमा यही क्षेत्रबाट महासमिति सदस्य सर्वसम्मत चयन भएकी थिइन् । 

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनको चर्चा काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिमा पनि भएको थियो । 

जोशी नेता नविन्द्रराजसँग वैवाहिक जीवनमा आउनुअघि नेवि सङ्घको राजनीतिमा सक्रिय थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस