कार्यालय कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कार्यालय कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाला तटबन्ध आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाई छन् ।

उनीहरूले मुगुको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलवाला तटबन्ध कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरी १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस